बन पाखा गुन्जाई देऊ है मुक्तिको एउटा गीतले
सत्यको सन्देश भनिदेऊ गीतको भाकाले (२)
१. पापको श्राप मेट्नलाई येशूजी आउनु भयो
मान्छेलाई नयाँ रूप दिन रगत बहाउनु भयो (२)
स्वर्गको ढोका खोलेछ उनैको कृपाले
माया गरेर पापीहरूलाई उनैले बचाए
बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई
२. हारेको जीवन छैन यहाँ अन्धेरी जगतमा
बेमोल छैन मान्छे सब धरतीको आँगनमा (२)
खोज्नेहरूलाई जीवन छ कलभरी पाखामा
के नै पो थियो, मान्छेको मोल आफ्नै आँखामा !
बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई
* * * * * * * * * * * *
Bana pākhā gunjā'ī dē'ū hai
muktikō ē'uṭā gītalē
satyakō sandēśa bhanidē'ū
gītakō bhākālē (2)
1. Pāpakō śrāpa mēṭnalā'ī
yēśūjī ā'unu bhayō
mānchēlā'ī nayām̐ rūpa dina
ragata bahā'unu bhayō (2)
svargakō ḍhōkā khōlēcha
unaikō kr̥pālē
māyā garēra pāpīharūlā'ī
unailē bacā'ē
batā'idē'ū sabailā'ī,
bujhā'idē'ū sabailā'ī,
samjhā'idē'ū sabailā'ī
2. Hārēkō jīvana chaina yahām
andhērī jagatamā
bēmōla chaina mānchē
saba dharatīkō ām̐ganamā (2)
khōjnēharūlā'ī jīvana cha
kalabharī pākhāmā
kē nai pō thiyō,
mānchēkō mōla
āphnai ām̐khāmā!
batā'idē'ū sabailā'ī,
bujhā'idē'ū sabailā'ī,
samjhā'idē'ū sabailā'ī