Key - A

Transpose To:

  Sampurna Jeevan Mero - सम्पूर्ण जीवन मेरो प्रभु तपाईंकै हो

कोः [A]सम्पूर्ण जीवन [D]मे[Bm]रो    [E]प्रभु तपाईंकै [A]हो

[A]राज गर्नुहोस् [D]स[Bm]दा   [E]तपाईंको पूर्ण होस् [A]इच्छा ।


१. [A]महान् प्रभु त[D]पाईं[Bm]को [E]प्रेम अति गहि[A]रो

[A]सागर [F#m]भन्दा चौडा    [Bm]छ यो,

[E]आसमानभन्दा [A]उच्चा छ यो

[A]निकम्मालाई [E]चुनेर जीवन दान दिनु[A]भयो,

[F#m]इच्छा, [E]आशा, [D]उद्देश्य [E]प्रभु तपाईं नै हो मे[A]रो (२)


२. [A]दूतगणले गर्थे त[D]पाईं[Bm]को [E]स्वर्गमा महि[A]मा,

[A]मानिसले [F#m]गरे    [Bm]उनको

[E]निरादर र [A]निन्दा

[A]स्वर्गमा [E]बस्ने येशू, पिताको दाहिने [A]हात,

[F#m]मानिसले [E]राखे [D]श्रापित [E]क्रूसमा दुई चोरको [A]साथ (२)